674 views 0 secs 0 comments

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु…

In समाज
२३ मंसिर २०७६, सोमबार १०:५१

भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो  । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।