
कपिलवस्तुमा छोराको कुटपिटबाट गएराती आमाको मृत्यु भएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिकामा–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा ५५ वर्षीया फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । छोरा सुरेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।