
जिल्लामा भूकम्पबाट क्षति भएका एक हजार पाँच सय घरको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्क अनुसार एक हजार पाँच सय ६९ जनाले निर्माणकार्य सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम समेत बुझेका छन् ।
त्यस्तै दुई हजार ८९ घर सकिने अवस्थामा पुगेका कार्यालयले जनाएको छ । भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये हालसम्म पाँच हजार १४२ ले पहिलो किस्ता लगेका छन् भने तीन हजार ६५८ जनाले दोस्रो किस्ता लिएका छन् । भूकम्पले पाँच हजार ४४९ घर पूर्ण रुपमा क्षति भए पनि पाँच हजार १७२ ले मात्र सम्झौता गरेका थिए ।
त्यस्तै जिल्लाभर ४५२ प्रवलिकरणका लाभग्राही रहेकामा अहिलेसम्म २१४ लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । कार्यालय प्रमुख राजनराज रेड्डीले जति सक्दो चाँडो पुनःनिर्माणसक्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पुनःनिर्माणको कामले पछिल्लो समय गतिलिएको छ, यसलाई अझ चाँडोसक्न सबै संयन्त्र प्रयोग गरेर कार्यालयले काम अगाडि बढाएको छ ।”
–––रासस