
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको छ। लु १ ख ८४७७ नम्बरको बसको ठक्करबाट स्थानीय राजेश थारुका डेढ वर्षिया छोरा टोपेन्दर थारुको ज्यान गएको हो ।
झण्डा स्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवाका लागि जाने क्रममा खेलिरहेका बालकलाई बसले ठक्कर दिएको थियो भने उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ ।