
कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ परेका छन् । शाहलाई कृष्णनगरस्थित निवासबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी शमशेर जबराले बताए ।
उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने एसपी जबराले बताए । जमालमाथि लक्ष्मीपुजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको अवस्था निम्त्याएको आरोप छ । जमाल शाहलाई पक्राउ गरी कारवाही गर्न कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहले गृहमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए ।