482 views 0 secs 0 comments

हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर मामा र भान्जाको मृत्यु: झापा

In समाज
१६ कार्तिक २०७६, शनिबार १२:३८

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।