
गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र करिव ७/८ वर्षका बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) खड्काले बताए ।
कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शव भेटिएको थियो भने नजिकै बालकको । मृतकको पहिचान खुल्न सकेको छैन ।