
यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए ।
मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए । बुधबार खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नंको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै जिप पल्टेको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रवक्ता चन्दले बताए ।