
समुद्री आँधीले वितण्डा मच्याएको जापानमा शक्तिशाली भूकम्प पनि गएको छ। जापानको होक्काइडो केन्द्रविन्दु बनाएर ६ दशमलव ७ रेक्टर स्पेकलको भूकम्प गएको जापानी मौसम विज्ञान विभागलाई उदृत गर्दै सीएनएनले जनाएको छ।
भूकम्प
का कारण अहिलेसम्म क्षतिको विवरण प्राप्त हुन नसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ। भूकम्पपछि मानिसहरु घर बाहिर निस्किएका छन्।
भूकम्पपछि सुनामको चेतावनी भने दिइएको छैन्। अमेरिकी भूगर्भ विज्ञान सर्वेक्षणका अनुसार भूकम्प निकै कम गहिराइमा गएको छ।
केही दिन अघि जापानमा २५ वर्षयताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा नौ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए।
पश्चिमी क्षेत्रमा पुगेको जेबी नामक समुद्री आँधीले भारी वर्षा र प्रतिघण्टा १७२ किलोमिटर वेगको हावाहुरी निम्त्याएको छ।