
इङल्याण्डमा एउटा कुकुर निकै चर्चा छ । यो कुकुर समाचारमा छाएको छ । यो कुकुर आफ्नी मालिकसँग उनका आफन्तको घरमा गएको थियो । यहाँ कुकुरले बेडरुममा एक्लै सुलिरहेकी सानी बालिकालाई देख्यो । बालिकाको सुतिरहेकै बेला स्वास्थ्य बिग्रिएको थियो र उनलाई लगातार उल्टी भइरहेको थियो । आफ्नै उल्टीले बच्चीको सास रोकिन थालेको थियो । कुकुरले बेडरुमबाट बाहिर आएर भुकेर बालिकाकी आमालाई खबर गर्यो र बालिकाको ज्यान बच्यो ।
घटना डार्टफोर्ड शहरको हो । यहाँकी २३ वर्षकी कोल शावेलको घरमा उनकी हजुरआमा आफ्नो कुकुर लुईलाई लिएर आएकी थिइन् । लुई घरमा नयाँ थियो तर छिट्टै सबैसँग घुलमिल भएको थियो । शावेलका अनुसार उनी छोरीलाई सुताएर बेडरुमबाट बाहिर आइन् र अर्कै काममा व्यस्त भइन् । केही बेरपछि लुई बेडरुमबाट बाहिर आयो र भुक्न थाल्यो । शावेलले पहिले त केही बुझिनन् केही बेरमा उनलाई केही गडबडी भएको आशंका भयो । जब उनी बेडरुममा पुगिन् छोरीको हालत देखेर उनको होस उड्यो ।
छोरीको अनुहार परेंलो भइसकेको थियो र ओठ नीलो भइसकेको थियो । लगातार उल्टी हुँदा उनको घाँटी सुकिसकेको थियो र उनलाई सास फेर्न कठिन भएको थियो । उनले तत्कालै छोरीलाई लिएर अस्पताल गइन् र उनको ज्यान बच्यो । डाक्टरले थोरै मात्र ढिलो भएको भएमा बालिकाको ज्यान जाने बताएका थिए । बालिकाको ज्यान बचाएको यही घटनाका कारण कुकुर लुई त्यस क्षेत्रमा हिरो बनेको छ र समाचारमा छाएको छ ।