663 views 0 secs 0 comments

खरिबोट नजिकै ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु…

In समाज
३ पुष २०७६, बिहीबार १२:०९

ललितपुरको बालकुमारीस्थित खरिबोट नजिकै बिहीबार बिहान ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
बा२ज २८०६ नम्बरको ट्याक्सीले बिहान पौने ४ बजे अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
महिलाको शवलाई पाटन अस्पतालमा राखिएको छ । मृककको सनाखत हुन बाँकी छ । ठक्कर दिने ट्याक्सीसहित चालकलाई प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।