400 views 0 secs 0 comments

उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु…

In समाज
३ पुष २०७६, बिहीबार १२:०३

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । । 
बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष कार्कीले जानकारी दिए । 
मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठ रहेका छन् ।