420 views 0 secs 0 comments

पाल्पामा दुईवटा बस एक आपसमा ठोक्किदा कम्तिमा १३ जना घाइते…

In समाज
३ पुष २०७६, बिहीबार ११:५०

बुधवार साँझ पाल्पामा दुईवटा बस एक आपसमा ठोक्किदा कम्तिमा १३ जना घाइते भएका छन् । बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको लु २ ख ११७६ नम्बरको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८४२७ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।
घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ८ का २२ वर्षीय होमबहादुर बिक,  ५६ वर्षीय धनबहादुर बिक,  सोही  गाउँपालिका–१ का ३० वर्षीय भीमबहादुर सुनार, गुल्मीकै मदाने गाउँपालिका–३ का ३३ वर्षीय तेजबहादुर सुनार, सोही स्थानका चुराबहादुर नेपाली, सोही गाउँपालिका वडा नम्वर–२ का  ३१  वर्षीय रामबहादुुर बिक र सोही स्थानका २८ वर्षीय राजु बिक रहेका छन् ।
त्यस्तै बुटवल उपमहानगरपालिका–१२ का ४६ वर्षीय रामबहादुर बिक, सोही स्थानकी ४० वर्षीया जुना बिक, रुपन्देहीको खडहवा बनगाई गाउँपालिका–२ का   ५० वर्षीय भिमबहादुर सुनार, तानसेन नगरपालिका ८ की ४१ वर्षीया गुनिसरा नेपाली, तानसने बगनासकाली गाउँपालिका–३ का बस चालक ३५ वर्षीय तेजबहादुर सारु र पाल्पा कै पूर्वखोला गाविस वडा नम्वर ५ का २६ वर्षीय रामु सिंजाली पनि घाइते भएका छन ।
घाइतेहरुको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।