530 views 0 secs 0 comments

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले जन्मकैदको फैसला…

In समाज
३ पुष २०७६, बिहीबार ११:३६

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई रु चार लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । बालिकालाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ ।