
सामाजिक सञ्जालमा अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै आएका विज्ञापनप्रति कतै तपाई आकर्षित भइरहनु भएको त छैन ? यदि त्यस्ता विज्ञापनप्रति आकर्षित भइरहनुभएको छ भने सावधान ! तपाईं ठगिन सक्नु हुन्छ !
प्रहरीले अनलाइनमार्फत ठगीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार लगायतका सामान सस्तोमा पठाइदिने भन्दै भारतीय मोबाइलबाट विज्ञापन गरी ठगी गरिरहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा, साँगाचोकगढी घर भइ हाल भक्तपुरको कौशलटार बस्दै आएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलविनायकका २४ वर्षीय अमन अवाल छन् ।