
बाराबाट प्रहरीले ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर ग्राम कोरैया लौखान वडा नं.८ बस्ने ४० वर्षीय गुलाबी प्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बसपार्क बाराबाट खटिएको प्रहरी टोलीले कुशवालाई नियन्त्रणमा लिएको हो ।कलैया उपमहानगरपालिका वडा नं.६ स्थित संदिप साहको होटलमा खाना खाई रहेको अवस्थामा कुशवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पिँठ्युमा बोक्ने कालो रंगको झोला चेकजाँच गर्दा झोलाभित्र ९ वटा प्याकेटमा ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।