528 views 4 secs 0 comments

किन खस्कियो कांग्रेस ?

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:१७
१. पार्टी नेतृत्वको कमजोरी२. एजेन्डाविहीन चुनावी अभियान३. सरकारका अलोकप्रिय कामहरू

मंसिर २३, २०७४-प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दुवै चरणको निर्वाचन सम्पन्न भएलगत्तै ‘कांग्रेसले प्रत्यक्षतर्फ ६५ देखि ७० सिट जित्ने’ अनुमान आफू निकट नेताहरूलाई सुनाएका थिए । शुक्रबारको प्रारम्भिक नतिजा हेर्दा देउवाको अनुमान गलत मात्रै भएन, कांग्रेसको अवस्था निकै कमजोर देखिएको छ । २०७० को दोस्रो संविधानसभामा पहिलो दल बनेको कांग्रेसको हविगत किन यस्तो भयो ?

‘०४८ सालदेखि नै कम्युनिस्ट मत बढ्दै थियो, ०५६ मा एमाले नफुटेको भए त्यतिबेलै बहुमत ल्याउँथ्यो,’ प्राध्यापक कृष्ण खनालले भने, ‘अहिले एमाले र माओवादीबीच गठबन्धनको कुरा मात्रै भएन, एकता नै हुने भनियो, जसले कम्युनिस्ट जनमतमा निकै उत्साह ल्यायो । मत क्रस भएन ।’ वाम गठबन्धनलाई चुनौती दिने कार्यक्रम र रणनीतिमा कांग्रेस असफल भएको उनको बुझाइ छ । ‘कांग्रेसले कहिल्यै वैचारिक फाइदा लिन सकेन । कम्युनिस्टहरूको विभाजन र कलहको मात्रै फाइदा लिँदै आएको हो, त्यो अवस्था अहिले भएन,’ खनालको विश्लेषण छ, ‘जसरी विचार र आस्थाका आधारमा कम्युनिस्ट गठबन्धन बन्यो, त्यसरी नै कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउनुपथ्र्यो । एउटा राप्रपालाई लिएर लोकतन्त्रवादी भइन्छ ?’

प्रारम्भिक नतिजालाई लिएर कांग्रेसभित्रै नेतृत्वको आलोचना भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चिन्ता व्यक्त गरेका छन् । ‘पार्टी यो स्थितिमा कसरी पुग्यो ?’ उनले कान्तिपुरसँग भने, ‘यसको गम्भीर समीक्षा हुनुपर्छ ।’ तर पार्टी सभापति देउवा र उनी निकट नेताहरू एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनलाई मुख्य आधार ठान्दै अन्य कारण खोल्न चाहँदैनन् । पौडेल समूह र देउवाइतरका अन्य नेताहरूले भने चुनावी परिणामलाई नेतृत्वको असफलतासँग जोडेर हेर्न

http://kantipur.ekantipur.com/news/2017-12-09/20171209064025.html