460 views 0 secs 0 comments

सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा प्रहरी जवान पक्राउ…

In समाज
३ पुष २०७६, बिहीबार १०:३१

बाराबाट एक जना प्रहरी जवान सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।
सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागी रहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइएको टोलीले उनलाई कलैया उपमहानगरपालिका-३ बाट नियन्त्रणमा लिएको हो ।
यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।