
कैलाली । कैलालीको लम्कीमा जंगलबाट घाँस बोकेर आउंदै बालिकाहरु । स्कुलको झोला बोक्ने उमेरमा उनीहरु घाँस काट्न जाने गरेपछि उनीहरुको पढाई प्रभावित भएको छ । सरकारले बर्षेनी शिक्षामा ठूलो लगानी गर्दै आएको छ तथापी प्रतिफल भनेजस्तो आउन सकेको छैन ।
विभिन्न दातृनिकायहरुले समेत शिक्षामा ठूलो लगानी गर्देै आएको भएता पनि नेपालको शैक्षिक अबस्थामा भने उचित परिवर्तन आउन सकेको छैन । अझैपनि धेरै बालबालीकाहरु शिक्षाबाट बञ्चित छन् ।