
मानब बेचबिखन, ओसारपसार र देहव्यापारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-२ अत्तरिया बजारमा रहेको राजु होटलकी सञ्चालक गौरादेवी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हेा ।
आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाइदिने भन्दै दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति अनैतिक सम्बन्ध राख्न बाध्य बनाउने गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका कैलालीका डीएसपी बस्नेतले बताए ।