450 views 0 secs 0 comments

बलात्कार आरोपमा लक्ष्मी क्याम्पसका विद्यार्थी नेता थुनामा पठाउन आदेश…

In समाज
६ मंसिर २०७६, शुक्रबार १७:४९

बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी सिंहले बताए ।
राईमाथि देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार गरेको आरोप थियो ।