
दाङ जिल्लामा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई टाउकोमा ढुङ्गाले हानेर हत्या गरेका हुन् ।
मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।
श्रीमतीलाई ढुंगा प्रहार गरि हत्या गर्ने आरोपितले प्रहरीसमक्ष श्रीमतीको चरित्रका कारण आफुले हत्या गरेको स्वीकार गरेका छन् । श्रीमतीको हत्या पछि फरार रहेका उनलाई प्रहरीले राति १२ बजेतिर तुलसीपुरको ग्वारखोलाबाट पक्राउ गरेको थियो
पक्राउ परेका पदमले आफ्नी श्रीमतीको चरित्रका कारण आफु आबेगमा आएर हत्या गरेको प्रहरी समक्ष बयान गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह बताए । पक्राउ परे लगतै ती व्यक्तिले श्रीमतीको चरित्रमाथि दोषारोपन गर्न खोजेका छन्,’ डिएसपी सिंहले भने–‘घटनाबारे बिस्तृत रुपमा अनुसन्धान हुन बाँकी छ ।’
पदम केही दिन अघि मात्रै कतारबाट घर फर्किएका थिए ।पदमका अनुसार उनकी हत्या गरिएकी श्रीमतीले तुलसीपुरको बसपार्कस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् । उनले बिदेशबाट समेत होटेलमा काम नगर्न आग्रह गर्दै आएको तर श्रीमतीले नमानेको भन्ने कुरा पदमले प्रहरी समक्ष गरेको डिएसपी सिंहले बताए ।
घटना भएको दिनपनि आफ्नी श्रीमतीलाई छोड्न राति एउटा स्कुटर आएको र त्यो स्कुटरमा आउने युवासँग बाटोमै उनीहरुले चुम्मा खाएको आफूले देखेको र त्यही कारण डेरा तर्फ गइरहेका पदम र उनकी श्रीमतीको बाटोमै बिबाद भइ घटना हुन गएको उनले प्रहरीसमक्ष् बयान दिएका छन् ।
घटना भन्दा दूई दिन अगाडि यस्तै कुराको बिबाद पछि पदम घरबाट निस्किएर गएका थिए । श्रीमान र श्रीमतीबीच बाटोमै बिबाद भएपछि आवेगमा आएर सुरुमा श्रीमती बिपनाले श्रीमान् पदमलाई सडकको ढुंगा टिपेर प्रहार गरेको भएपनि उनलाई नलागेको र त्यसपछि आफूले पनि सडकै ढुंगा उठाएर आक्रमण गरेको भन्ने दाबी गरेको डिएसपी सिंहले बताए ।