528 views 0 secs 0 comments

यात्रुसहितको बस दुर्घटना हुँदा १२ जना घाइते…

In समाज
२ मंसिर २०७६, सोमबार २०:०७

यात्रुसहितको बस दुर्घटनामा परेको छ । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।