554 views 0 secs 0 comments

आजको बिदेशी मुद्राको विनिमयदर…

In विश्व
२ मंसिर २०७६, सोमबार ११:२०

नेपाल राष्ट्र बैंकले सोमबार (मंसिर २) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको छ । 
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।  
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । 
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।