417 views 0 secs 0 comments

नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई पक्राउ…

In देश, समाज
१४ पुष २०७६, सोमबार १४:५१

जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाइँ समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल  र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले आज जानकारी दिए । उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरेको उनले बताए ।