
रंगेली-विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ काे कर्सिया बजारमा ट्र्याक्टरकाे ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।
आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीकाे दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी गम्भीर घाइते हुनुभएकाे थियाे । गम्भीर घाइते भएका चाैधरीकाे उपचारका क्रममा विराटनगरकाे कोशी अस्पतालमा ज्यान गएको हो । स्कुटरमा सवार त्यही ठाउँका चन्द्रप्रसाद चौधरीको उपचार भइरहेकाे छ ।