531 views 0 secs 0 comments

कैलालीमा बुवाले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरे…

In समाज
६ आश्विन २०७६, सोमबार १५:२३

कैलालीमा एक पुरुषले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् ।
गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बस्नेतले बताए ।
गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए ।
सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो ।
साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेका हुन् ।
यसबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी बस्नेतले जानकारी दिए ।