783 views 0 secs 0 comments

भरूवा बन्दुकसहित एक जना पक्राउ…

In समाज
६ आश्विन २०७६, सोमबार १५:४६

गोरखाको मनकामनाबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
सहिदलखन गाउँपालिका वडा नम्बर ३ बाट प्रहरीले कमानसिं गुरूङलाई एक थान भरूवा बन्दुकसहित पक्राउ गरेको हो। उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय लगिएको छ।
अनुमति बेगर घरमा राखेको हतियारसहित गुरूङ पक्राउ परेका हुन्। घाममा सुकाइराखेको अवस्थामा बन्दुक प्रहरीले बरामद गरेको थियो।
गुरूङविरूद्ध हातहतियार तथा खरखजना मुद्दा लगाउने तयारी गरिएको जिप्रका गोरखाको सूचना अधिकारी कमला नरालले जानकारी दिइन्।