408 views 1 sec 0 comments

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु…

In समाज
२६ मंसिर २०७६, बिहीबार १३:०५

नुवाकोटमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा.८० प ६५७६ नम्बरको मोटरसाइकल चालक बिदुर नगरपालिका-७ बस्ने २८ वर्षीय सुजन रिजाल रहेका छन् ।
बिदुर नगरपालिका-७ स्थित तुप्चेटारबाट सोलेतर्फ आउँदै गरेको समयमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मोटर तल खस्दा उनी गम्भीर घाइते भएका थिए ।
घाइते सुजनको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।