466 views 0 secs 0 comments

१९ वर्षीया पन्त महाकाली सिँचाइको नहरमा मृत भेटिए…

In समाज
२६ मंसिर २०७६, बिहीबार १३:२०

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।
आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
“प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ”, प्रवक्ता चन्दले भन्नुभयो, “घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको छ ।” घटनास्थलको प्रहरीे टोली मचुल्का गरिरहेको छ ।