603 views 0 secs 0 comments

भरतपुर क्षेत्र बिहानैदेखि तनावग्रस्त, बालकको मृत्यु…

In समाज
१८ जेष्ठ २०७६, शनिबार १५:३५

चितवनको भरतपुर महानगरपालिका बिहानैदेखि तनावग्रस्त बनेको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि त्यहाँ तनाव भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–५ का १४ महिने युदिन वस्नेतको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो। बस्नेतलाई अस्वस्थ भएपछि गत मंगलबार दिउँसो साढे १२ बजे अस्पताल भर्ना गरिएको बताइएको छ।
उनको उपचारका क्रममा बिहीबार राति साढे ७ बजे मृत्यु भएको थियो। बस्नेतका आफन्तले चिकित्सकको लापारवाहीले बालकको मृत्यु भएको आरोप लगाएका छन्।
उता अस्पलाले भने आमाको दूध खानेक्रममा सर्किएर ज्यान गएको बताएको प्रहरीले जनाएको छ। यसैबीच स्थिति तनावग्रस्त बन्दै बिहीबार राति ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहानपनि अवस्था गम्भीर छ ।