401 views 0 secs 0 comments

सुमो दुर्घटना, ३ जनाको मृत्यु…

In समाज
११ पुष २०७६, शुक्रबार १५:२८

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको एसपी राठौरले बताए ।