475 views 0 secs 0 comments

छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु…

In समाज
११ पुष २०७६, शुक्रबार १५:४५

काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी अनुसार बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् ।छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन् । लगत्तै आफन्त र नजिकै रहेको प्रहरी चौकी टोखाका अधिकृतहरु पुगे ।
‘प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल पुर्‍याएका थिए’, लम्सालले भने, ‘तर, अस्पतालले मृत घोषित गरिदियो । रड काट्दासम्म बालिका जीवितै रहेको स्थानीयवासीको भनाइ छ ।