523 views 0 secs 0 comments

अरिङगालको टोकाइबाट गुल्मीमा एक बालकको मृत्यु …

In समाज
५ आश्विन २०७६, आईतवार १७:२०

अरिङगालको टोकाइबाट गुल्मीमा एक बालकको मृत्यु भएको छ। गुल्मी जिल्लाको रुरु गाउँपालिका १ रिडीका १२ वर्षीय पवन अधिकारीको अरिङगालको टोकाइबाट मृत्यु भएको हो।

आइतबार बिहान विद्यालय गएका पवनलाई विद्यालयबाट घर फर्किने क्रममा अरिङगालले टोकेको थियो। रुखमा रहेको अरिङगालको गोलोलाई बांदरले जिस्काएपछि बाटोमा हिँडेका बालकलाई टोकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्काका अनुसार अरिङगालको टोकाईबाट गम्भिर घाइते भएका बालकको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।