737 views 0 secs 0 comments

चुनावको मौका छोपी क्यासिनोमा नेपालीलाई प्रवेश, १९ जना पक्राउ

In देश, समाज
२४ मंसिर २०७४, आईतवार १२:५२

काठमाडौं– प्रहरी प्रशासन चुनावमा व्यस्त भएको बेला राजधानीका क्यासिनोहरुले नेपालीहरुलाई प्रबेश गराएर जुवा खेलाइरहेको खुलेको छ । प्रहरीले शनिबार राती सोल्टि होटलस्थित क्यासिनो माजोङमा छापा हानी १९ जनालाई पक्राउ गरेको छ ।

क्यासिनोमा नेपालीहरुलाई प्रबेश निषेध छ । तर, गोप्य रुपमा क्यासिनोमा नेपालीहरुलाई प्रबेश गराएर जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले माजोङमा छापा हानेको थियो ।

जुवा खेलिरहेका नेपाली र क्यासिनोका कर्मचारीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी रबिन्द्र धानुकले बताए । क्यासिनोमा नेपालीलाई जुवा खेल्न अनुमती दिएमा क्यासिनोको इजाजत नै रद्द हुने क्यासिनो नियमावलीमा प्रावधान छ ।