बिहिबार, माघ ०४, काठमाण्डाै । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले भने, -मनाङेको विषय सर्वोच्चसँग जोडिएपनि मनाङेलाई नै अदालतले ५ बर्ष जेल सजायको फैसला सुनाएको छैन । -तत्कालिन पुनरावेदन अदालतले जेल सजाय सुनाएकाले त्यसैलाई नै स्वीकार्नुपर्छ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।