599 views 0 secs 0 comments

बुथ कब्जा गर्न नदिएको भन्दै कांग्रेस प्रतिनिधिमाथि रोल्पामा माओवादीको आक्रमण

In देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १५:१४

रोल्पा, मंसिर १३ — चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका –६, गजुलका विष्णु केसीलाई माओवादीका कार्यकर्ताले घरमै गएर साङ्घातिक आक्रमण गरेको परिवारकाे अाराेप छ ।

माओवादीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका केसीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । उनको अझै होस् नखुलेको परिवारको भनाई छ ।

कांग्रेसको प्रतिनिधि बसेकै कारण आक्रमण हत्या गर्न खोजिनु दुखद भएको नेविसंघका पूर्वमहामन्त्री तथा रोल्पाका प्रदेशसभाका समानुपातिक उम्मेदवार मनोजमणि आचार्यले बताउनुभयो । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ रोल्पाले माग गरेको छ ।