634 views 0 secs 0 comments

दाजुलाई खुकुरी प्रहार, भाइले गरे झुण्डिएर आत्महत्या…

In समाज
५ आश्विन २०७६, आईतवार १७:२७

इलामको सन्दकपुर गाउँपालिका-१ माइपोखरी बन्दुकेका एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार आफूले आत्महत्या गरेका छन्।

६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर ४५ वर्षीय भाइ बुद्ध राईले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
भाइको खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा चोटपटक लागेका उनी गम्भीर घाइते छन्।
इलाम अस्पतालमा सामान्य उपचारपछि उनलाई झापा रिफर गरिएको प्रहरीले जनाएको छ।

उनलाई खुकुरी प्रहार गरेर अनुहारमा ढुङ्गा समेत प्रहार गरेको प्रहरीले जनाएको छ।
घटना के कारणले भयो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।