560 views 0 secs 0 comments

दुई सयभन्दा बढी चेलीहरु वेश्यालयमा बेच्ने वडाध्यक्षलाई धरौटीमा छोड्न आदेश !! पूरा विवरण हेर्नुस् !!

In देश, समाज
८ माघ २०७४, सोमबार १३:३६

काठमाण्डु, ८ माघ – चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाण्डु जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ ।

सुनबहादुरले दुई सयभन्दा बढी चेलीहरुलाई भारतका बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनले दिल्ली र मुम्बईमा बेश्यालयसमेत सञ्चालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसको सरकार भएकाले दबाबमा उनलाई धरौटीमा छोड्न लागिएको बताइएको छ ।