
धुलिखेल । काभ्रेपलाञ्चोकमा हिटर बालेर सुत्ने क्रममा आगो सल्केर एक जनाको मृत्यु भएको छ ।
पनौती नगरपालिका वडा नं ५ मा टिनको टहरामा हिटर बालेर सुतेका भारतीय नागरिक सुजित जैसवालको हिटरबाट आगो सल्केर मृत्यु भएको हो । मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा आइतबार राति ११ बजेको समयमा जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
जैसवाल निर्माणसम्बन्धी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।