683 views 2 secs 0 comments

प्रचण्डले भने: जग्गा बाँडेर सुकुम्बासी समस्या समाधान हुँदैन…

In देश, राजनीति
२४ बैशाख २०७६, मंगलवार १५:४४

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जग्गा बाडेर सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। मंगलबार सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सुकुम्बासी समस्या समाधान गर्न औधोगिकरणमा जोड दिनुपर्ने बताएका हुन्। ‘बेरोजगारी र सुकुम्बासी समस्या एकैपटक समाधान गर्नुपर्छ। जग्गा मात्रै दिएर यो समस्या समाधान हुँदैन।’ उनले भने। यसको स्थायी समाधान खोज्नुपर्छ।
त्यस्तै रेलमार्ग नेपालका लागि अनिवार्य आवश्यकता भइसकेको बताए। रेल जनताको जीवनसँग जोडेर ल्याउनुपर्नेमा प्रचण्डको जोड थियो। विगतमा विकासको इतिहास हेर्दा रेल अपत्यारिलो लाग्न् सक्छ, उनले भने ‘तर अब त्यस्तो हुँदैन। सम्पूर्ण जनप्रतिनिधि अब जनताको विकासमा समर्पित हुनुपर्छ।’