609 views 0 secs 0 comments

प्रहरीलाई हातपात गर्ने र प्रलोभन देखाउने पाँचजना पक्राउ

In देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १४:३९

काठमाडौं, मंसिर १४ – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई हातपात गरेको र प्रलोभनमा पार्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

बुधबार काठमाडौंको कोटेश्वर, थापाथली, माइतीघर र लैनचौरबाट ५ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

महाशाखाका अनुसार लाइसेन्स नबोकेका बा २७ प २२०१ नम्बरको मोटरसाइल र बा ७१ प ९७४५ नम्बरको मोटरसाइकल चालकले ट्राफिक प्रहरीलाई पैसा दिन खोजेका थिए ।

यस्तै जाँडरक्सी खाएर बा ४९ प १११३ नम्बरको मोटरसाइकल चलाएका चालकले पनि पैसाको प्रलोभन देखाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बा ५० प ९४६५ र बा ८२ प ८६१२ नम्बरको मोटरसाइकलका चालकलाई भने ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । पक्राउ परेका ५ जना विरुद्ध सार्वजनिक मुद्धा लगाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।