447 views 0 secs 0 comments

ग्याँस बोकेको गाडी पल्टिँदा चालकको मृत्यु, २ जना घाइते…

In समाज
५ फाल्गुन २०७६, सोमबार ०९:५१

रुपन्देहीको तिलोत्तमा नयाँ मिलमा सिलिण्डर ग्याँस बोकेको गाडी -बोलेरो पिकअप पल्टिँदा चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भइ लु१९प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिएको थियो । गाडी चालक दाङका ३० वर्षीय असकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलबापुरले जानकारी दिएको छ । आइतबार दिउँसो सवा चार बजे भएको दुर्घटनामा पाल्पा जिल्ला तिनाउ गाउँपालिका १ का मोटरसाइकल चालक ४७ वर्षीय कमलप्रसाद पोखरेल र सोही मोटरसाइकलमा सवार वर्ष ३५ का कृष्ण खड्का घाइते भएका छन् । घाइते दुवै जनाको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।