
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका-१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।