541 views 0 secs 0 comments

विद्युत पोलमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु…

In समाज
२३ मंसिर २०७६, सोमबार १५:३२

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका अन्दाजी ३० बर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो ।तीब्र गतिको कार सडकको छेउमा रहेको विद्युत पोलमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका पाण्डेको बाणगंगा चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।