13 views 0 secs 0 comments

गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर पक्राउ

In समाज
११ मंसिर २०८०, सोमबार १४:१३

११ मंसिर, काठमाडौँ।

गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् ।

अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए ।

मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको बताउँदै एसपी पालले नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको बताए ।

अपराधिक पृष्ठभूमि भएका मुनिरविरुद्ध प्रहरीमा ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभऽ व्यवहारलगायतका मुद्दा पर्ने गरे पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रण बाहिरै थिए ।