
महोत्तरीमा पूर्व शिक्षक सहदेव प्रसाद यादवमाथि भएको गोली प्रहारको घटनामा आफन्त नै संलग्न रहेको देखिएको छ ।
महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर ३ का पूर्वशिक्षक सहदेवप्रसाद यादवमाथि आइतबार बिहान गोली प्रहार गरिएको थियो । ६० बर्षीय यादवलाइृ गोली हानेको आरोपमा प्रहरीले उनकै ज्वाइँलाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीकै औरही नगरपालिका ३ निवासी सन्तोष यादवलाई पक्राउ गरिएको हो । सहदेवका भाइले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।