479 views 0 secs 0 comments

डकैती मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ…

In समाज
२१ फाल्गुन २०७६, बुधबार ०७:१८

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले डकैती मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-६ का ४६ वर्षीय राजु थापा रहेका छन् ।
सर्वोच्च अदालतले थापालाई डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो ।
ब्यूरोको टोलीले काठमाडौंको मित्रनगरबाट थापालाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र अदालतले उनलाई डील्लीबजार कारागार पठाएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार थापाले काठमाडौंको भिमसेनगोलाबाट २०५३ साल माघ १० गते राति ३२ तोला सुन लुटेर फरार भएका थिए ।हङकङबाट ल्याएको उक्त परिमाणको सुन भन्सार छुट्याएर ल्याउँदै गर्दै थापाले बाटोबाटै लुटेर फरार भएको भन्दै छिरिङ वाङ्गेल घलेले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।