467 views 0 secs 0 comments

ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गयाे…

In समाज
२३ श्रावण २०७६, बिहीबार १९:०२

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । बिहीबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाहीको बरहथवा नगरपालिका–७ का १९ वर्षीय विक्रमदास कथवनिया र २९ वर्षीय मनोजकुमार दासको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका विक्रमको नमुना अस्पताल हरिवनमा उपचारका क्रममा ज्यान गएको हो भने मनोजको थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटैमा ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।