
जदाह गाउँपालिका-५ स्थित भित्री सडकमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको को३७प ९७४३ नम्बरको मोटरसाइकल र विपरीत दिशावाट आँउदै गरेको को१२प ६२२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा जहदा-५ का ३५ वर्षीय वीरेन्द्र मण्डलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी को३७प ९७४३ नम्बरको मोटरसाइकलको चालक हुन् । अर्को मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय अभिषेक मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।